प्रहरीले रवि लामिछानेसँग बयान शुरु

काठमाडौँ : प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् ।

लामिछानेलाई प्रहरीले गएको शुक्रवार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको हो । कास्की जिल्ला अदालतले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने बिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सहकारीको रकम अपचलन गरेको आरोप छ ।

dashain shuvakamana
Discovery School

रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए । जोशीलाई भने आज जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई बिहान रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

रुपन्देहीमा बयान पूरा भएपछि पर्सि बुधवार पोखरा फर्काइने प्रहरीले जनाएको छ । यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले सभापती लामिछाने पक्राउ परेको विरोधमा आज पनि पोखरा लगायतका ठाउँमा प्रदर्शन गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार