माल्दिभ्सविरुद्धको खेलका लागि नेपालले आफ्नो शुरुवाती ११ सार्वजनिक

एजेन्सी : साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत माल्दिभ्सविरुद्धको खेलका लागि नेपालले आफ्नो शुरुवाती ११ सार्वजनिक गरेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले रेनुका नगरकोटीको कप्तानीमा माल्दिभ्सविरुद्धको खेलका लागि नेपालको शुरुवाती टोली घोषणा गरेका हुन्।

प्रशिक्षक तामाङले सावित्रा भण्डारी र गोलकिपर एञ्जिता तुम्बाप्पो सुब्बालाई बेन्चमा राख्दै शुरुवाती ११ सार्वजनिक गरेका छन्। आजको खेलमा नेपाली टोलीको गोल पोस्ट अञ्जना राना मगरले सम्हाल्नेछिन्।

Seti Hospital

नेपालले समूह बी अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ। यो खेल सोमबार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो, र सेमिफाइनलको सम्भावना बलियो बनाउन आजको खेल जित्नुपर्नेछ।

माल्दिभ्सले आफ्नो पहिलो खेलमा श्रीलंकासँग १-० को हार व्यहोरेको थियो। नेपाली टोलीमा फ्रान्सबाट व्यवसायिक लिग खेल्न गएकी स्टार स्ट्राइकर सावित्रा भण्डारी (सम्बा) को आगमनले आत्मविश्वास थपिएको छ। सोमबार बिहानमात्र स्वदेश आइपुगेकी सावित्रालाई पहिलो रोजाईमा खेलाउने अनुमान गरिए पनि प्रशिक्षक तामाङले उनलाई बेन्चमा राखेका छन्।

समूह बीमा भुटान ४ अंकसहित शीर्ष स्थानमा छ, श्रीलंकाले ३ अंकसहित दोस्रो स्थान ओगटेको छ, नेपालसँग १ अंक छ, भने माल्दिभ्स अंकविहीन छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार