सुनमायाले जितिन् चीनमा ट्रेल रेसको उपाधि

काठमाडौं : नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा भएको अल्ट्रा ट्रेल रेसमा कीर्तिमानी समयसहित उपाधि जितेकी छन् ।

शनिबार भएको अल्ट्रा ट्रेल निन्घाई बाई युटिएमबी रेस कीर्तिमानी समय निकाल्नै जितेकी हुन् । सुनमायाले ५ घण्टा ४०:०३ मिनेटमा निर्धारित ६० किलोमिटर दूरी पूरा गरिन् ।

सुनमायाले कोर्स रेकर्डसहित उपाधि जितेपछि आफूले रेस एकदमै इन्जोए गरेको प्रतिक्रिया दिइन् ।  ‘धेरै राम्रो भयो । ट्रेल अमेजिङ थियो । मैले रेस एकदम इन्जोए गरें । धेरै समर्थकहरु चियर गरिरहेका थिए । म एकदमै खुशी छु ।’

दोस्रो भएकी इस्टर सिलाङले ६ घण्टा ५:३७ मिनेटमा निर्धारित दूरी पूरा गरिन् । रुक्षफाङ चोउ तेस्रो भइन् ।

पछिल्लो समयमा सुनमायाले लगातार अन्तर्राष्ट्रिय ट्रेल रेसहरुमा भाग लिइहरेकी छन् । उनले गत चैतमा चीनमै भएको गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि जितेकी थिइन् । यस्तै उनले युरोपका विभिन्न राष्ट्रमा गएर पनि ट्रेल रेसमा दौडिएकी छिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार