सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि पहिलो विदेशी खेलाडी भित्र्यायो !

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ। 

सोमबार सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई टिममा भित्र्याएको जानकारी दिएको हो। २५ वर्षीय ब्रान्डनले टी-२० आईका १६ खेलमा ४९७ रन बनाएका छन्। २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन्। 

SHIKHAR COOL TECH

२२ ओडीआई खेलमा ३० विकेट लिँदा टी-२० आईका १६ खेलमा २ विकेट लिएका छन्। ब्रान्डनले टी-२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए। 

सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्। सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमा पूर्वप्रशिक्षक जगत टमाटालाई नियुक्त गरेको छ। पहिलो संस्करणको एनपीएल १५ मंसिरदेखि ६ पुससम्म हुँदै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार