कैलाली भन्सार नाका भएर भित्रने चामलको आयात घट्यो !

धनगढी : सुदूरपश्चिममा चामलको आयात घटेको छ। कैलाली भन्सार नाका भएर भित्रने चामलको आयात घटेको हो।

भारतले चामल निर्यातमा रोक लगाएपछि चामलको आयात घटेको हो। कैलाली भन्सार कार्यालयका अनुसार तीन वर्षयता चामल आयात घटेको छ।

dashain shuvakamana
Discovery School

कैलाली भन्सारबाट २०७८ मा १ अर्ब ६ करोड ५६ लाख ४६ हजार बराबरको २३ हजार ६१५ टन चामल आयात भएको थियो। २०७९ मा ४९ करोड ११ लाख ९८ हजार बराबरको ८ हजार ७२९ टन चामल आयात गरिएको थियो।

यस्तै २०८० मा भने ५ करोड ९३ लाख ८८ हजार बराबरको ६१० टन चामल मात्रै आयात भएको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले पछिल्ला दुई वर्षमा आयात भएको चामल व्यापारिक नभएर विश्व खाद्य कार्यक्रमको भएको बताए।

यस्तै मकैको आयात पनि आधाले घटेको छ। २०७९ मा ३३ करोड ९३ लाख २९ हजार बराबरको ९ हजार १६३ टन मकै आयात भएकोमा २०८० मा १८ करोड ३८ लाख ६८ हजार बराबरको ४ हजार ७२८ टन आयात भएको छ। मकैसँगै तोरीको दाना आयात पनि घटेको छ। २०७९ मा २६ करोड ९२ लाख १६ हजार मूल्य बराबरको ३ हजार २५६ टन तोरीको दाना आयात भएको थियो।

यस्तै २०८० मा एक करोड ९१ लाख ८१ हजार बराबरको २६३ टन तोरीको दाना आयात भएको भन्सार कार्यालयले जनाएको छ।

चामल, मकै र तोरीको दानाको आयात घट्दै जाँदा गहुँको आयात भने तेब्बरले बढेको छ। २०७९ मा १० करोड ५० लाख ४६ हजार मूल्य बराबरको २ हजार ३८३ टन गहुँ आयात भएको थियो भने २०८० मा तेब्बरले बढेर २६ करोड ३७ लाख ३५ हजार बराबरको ६ हजार ३७७ टन गहुँ भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष ३ हजार ९ सय ९४ टन बढी गहुँ आयात भएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार