एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने सुदूरपश्चिम प्रदेश सरकारको घोषण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले एमबिबिएस पढ्न ९ जनालाई छात्रवृत्ति दिने भएको छ । सरकारले सुदूरपश्चिम स्थायी घर भएका र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा उत्तीर्ण भएका ९ जनालाई एमबिबिएस पढ्न छात्रवृत्ति दिन लागेको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै उक्त छात्रवृत्तिका लागि कार्तिकको १३ गते भित्र आवेदन दिन भनेको छ ।

dashain shuvakamana
Discovery School

छात्रवृत्तिमा ५ सिट खुला, २ सिट महिला, १ सिट आदिवासी जनजाति र १ सिट पिछडिएको क्षेत्रका लागि छुट्टाइएको छ । प्रदेश सरकारले २०७६ साल देखि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार