पार्टी कार्यालयमा व्यापारीको दान विवादित भएपछि ओलीले बोलाए बैठक

काठमाडौं : काठमाडौँको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माणका लागि शिलान्यास भएको पार्टी केन्द्रीय कार्यालयका सम्बन्धमा थप निर्णय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार अपरान्ह फेरि सचिवालयको बैठक बोलाएका छन्।

भाटभटेनीका विवादित मालिक मीनबहादुर गुरुङबाट ‘दान’ स्वरूप प्राप्त जग्गा निर्माण गर्ने भनिएको विषय पार्टीबाहिर मात्र होइन, पार्टीभित्रै समेत विवादित बनेपछि यस विषयमा ‘समान धारणा’ का साथ प्रस्तुत हुने निर्णयका लागि आजको बैठक बोलाइएको हो।

भ्याट छली र ललिता निवासको सरकारी जग्गा घोटाला प्रकरणमा अदालतबाट दोषी प्रमाणित भएका व्यवसायीबाट पार्टी कार्यालय बनाउने विषय पार्टीभित्र र बाहिर दुवैतिरबाट आलोचित भएपछि ओलीले शनिबार प्रधानमन्त्री निवासमा केन्द्रीय सचिवालयका सदस्यहरूलाई ‘लन्च’ दिवाभोज को निम्तो दिएका थिए।

एमाले केन्द्रीय कार्यालय कीर्तिपुर–२, मित्रनगरमा बनाउने प्रस्ताव २४ असोजको सचिवालय बैठकमा राख्दा ओलीले जग्गा पार्टीका कुनै ‘शुभेच्छुक दानवीर’ बाट प्राप्त हुन लागेको जवाफ दिएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार