डडेल्धुरामा सशस्त्र प्रहरीकै भूतपूर्व जवानले सरकारी मोटरसाइकलमा गरे आगजनी

धनगढी : डडेल्धुरामा सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ। सशस्त्र प्रहरीकै भूतपूर्व जवानले मोटरसाइकलमा आगजनी गरेको खुलेको छ।

जिल्लाको भित्री मधेश जोगबुडामा एक सरकारी मोटरसाइकलमा आगजनी गरिएको छ। जिल्लाको परशुराम नगरपालिका–५ स्थित परशुरामधाम सव–डिभिजन वन कार्यालयको मोटरसाइकलमा आगजनी गरिएको हो।

dashain shuvakamana
Discovery School

परशुरामधाम सव–डिभिजन वन कार्यालयका प्रमुख ईश्वरीसिंह बोहरा र सुरेश खाती सवार सुदूरपश्चिम प्रदेश ००४–००१ ब ००१९ नम्बरको सरकारी मोटरसाइकल पार्किङ गरेर राखिएको अवस्थामा आगो लगाएको छ।

मोटरसाइकल जलाएको आंशकामा स्थानीय ४० वर्षीय धनगबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले बताएको छ। इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज एवं प्रहरी निरीक्षक सुरज रोकायाका अनुसार मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर वनका कर्मचारीहरू वडा नम्बर ३ को सिमल्टा गएका थिए। सोही समयमा मोटरसाइकलमा आगजनी गरिएको हो।

सशस्त्र प्रहरीका भूतपूर्व जवान समेत रहेका चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार