आलिताल अस्पतालमा पिल्लर मात्रै हालेर निर्माणको काम अलपत्र

धनगढी : पिल्लर मात्रै हालेर निर्माणको काम अलपत्र अवस्थामा रहेको आलिताल अस्पताल भित्रिमधेश क्षेत्र आलिताल रहेको छ। गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल भवन अलपत्र परेको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने भनेर सम्झौता भएको थियो । बजेट नहुदा निर्माणको काम अलपत्र परेको बताइएको छ ।

dashain shuvakamana
Discovery School

२०८० असार मसान्तमा काम सम्पन्न गर्ने गरि २०७८ असार २३ गते राजेन्द्र निर्माण सेवासंग ठेका सम्झौता भएको थियो ।

तर निर्माण सम्पन्न गरिसक्नु पर्ने समायबधि भन्दा करिब डेढ वर्ष बढी घर्किसक्दा पिल्लर मात्रै हालिएको गाउँपालिकाका प्राबिधिक राजेन्द्र कुमार रावलले जानकारी दिए । उनका अनुसार बजेट अभावले काम अघि बढ्न सकेको छैन ।

आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक बन्न लागेको १० शय्याको अस्पताल निर्माणका लागि राजेन्द्र निर्माण सेवासँग गाउँपालिकाले सात करोड ३९ लाख ९७ हजार रूपैयाँ बराबरको ठेक्का सम्झौता गरेको थियो । झण्डै ४० प्रतिशत घटिघटाउ रकममा ठेक्का सम्झौता भएको उनले बताए ।

अस्पताल निर्माणका लागि पहिलो वर्ष ८० लाख रकम गाउँपालिकालाई प्राप्त भएको थियो । सुरुमा ठेकेदारले सम्झौता गरेर १० प्रतिशत रकम मोबिलाईजेसन खर्च लैजानु पर्ने थियो । बजेट अभावले उक्त रकम पनि भुक्तानी नभएको उनले बताए । काम सुरु गर्न सामाग्री फाले पछि थप १० प्रतिशत रकम ठेकेदारले पाउनु पर्ने हो । उनले भने, तर रकम अभावमा निर्माण कम्पनीले भुक्तानी पाउन सकेन । काम सुरु गरे पनि बजेट अभावले काम अघि नबढेको उनको भनाई छ ।

आर्थिक वर्ष २०७९–०८० मा संघिय सरकारबाट ३० लाख रकम विनियोजन भएको थियो । तर आर्थिक वर्ष सकिदै गर्दा सम्म बजेट भने आएन । गत वर्ष २५ लाख रकम विनियोजन भएको थियो ।

बजेट आवमा निर्माण कम्पनीलाई ६० लाख रकम मात्रै मोविलाईजेसन खर्च भुक्तानी भएको थियो । उनले भने, हाल सम्म ८३ लाख रकम बराबरको काम सम्पन्न भएको छ भने १४ लाख रकम मात्रै भुक्तानी गरिएको छ । गत वर्ष पनि २१ लाख रकम बराबरको बिल निर्माण कम्पनीले पेश गरेको थियो । तर भुक्तानी हुन नसकेकाले काम अलपत्र परेको उनले बताए । उनका अनुसार हालसम्म दुई पटक म्याद थप गरिएको छ ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा देशभरका स्थानीय तहमा ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने योजना अगाडी सारेका थिए । उक्त योजना अनुसार सुदूरपश्चिमका ५४ वटा स्थानीय तहमा अस्पताल निर्माणका लागि शिलान्यास गरिएको थियो । आलिताल अस्पताल यसै योजना मध्येको एक अस्पताल हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार