झडप र हुलदङ्गा हुन सक्ने भन्दै पोखराका केही क्षेत्रमा निषेधाज्ञा 

पोखरा — जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडप हुन सक्ने भन्दै निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

आइतबार बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

dashain shuvakamana
Discovery School

निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला हुन रोक लगाइएको छ । त्यस्तै अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्नसमेत निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको उल्लङ्घन गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिम कारबाही हुने आदेशमा उल्लेख छ । सहिदचोकआसपास र गैह्रापाटनआसपास क्षेत्रमा निषेधाज्ञा जारी भएको हो ।

यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेपछि शनिबारदेखि नै पोखरामा नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई जिल्ला अदालतमा म्याद थपका लागि लगिएको छ । त्यस्तै पोखराका सहकारीपीडितले पनि राष्ट्रबैंक चोक नजिकै प्रदर्शनको कार्यक्रम राखेका छन् । यस्तोमा दुवै पक्षबीच झडप हुन सक्ने भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा लागू हुने क्षेत्रका चार किल्ला

सहिदचोक आसपासका क्षेत्र

पूर्वतर्फ: वाई चोक (उत्तर पूर्वतर्फ मिलनचोक)

पश्चिमतर्फ: फिस्टेल गेट (बैदाम)

उत्तरतर्फः मालपोत कार्यालय, कास्की

दक्षिणतर्फ: मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि, ड्यामसाइड)

गैह्रापाटनआसपासका क्षेत्र

पालिखेचोकदेखि नवीन मा.वि. सम्मको सडक क्षेत्र

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार