धनगढी : नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिं राना निर्वाचित भएका छन् । समाजको ७ औँ महाधिवेशनबाट रानाको नेतृत्वमा १५ सदस्यीय समिति निर्वाचित भएको हो ।
यस्तै समाजको उपाध्यक्षमा कन्दकला राना र डिट्ठा राना, महासचिवमा तीर्थराज राना, सचिवमा साहेब राना र भजन राना तथा कोषाध्यक्षमा चन्दा किरण राना निर्वाचित भएको निर्वाचन समितिले जनाएको हो।
प्रतिक्रिया दिनुहोस्