कञ्चनपुरमा  २ दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी


धनगढीः सुदूरपश्चिममा २ दिनको अवधिमा आर्थिक अनियमितता विरुद्ध १२ उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको छ।

प्रदेशभित्र आर्थिक अनियमितता बढ्न थालेपछि उजुरीकर्ताको संख्यामा समेत वृद्धि हुँदै गएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका अनुसार यही कार्तिक १ र २ गते २ दिनको अवधिमा मात्र १२ वटा उजुरी दर्ता गरिएको छ। इमलेबाट ५, हुलाक सेवाबाट तीन र लिखित रुपमा गरेर १२ उजुरी अख्तियारको कार्यालय कञ्चनपुरमा दर्ता गरिएको हो।

SHIKHAR COOL TECH

संघ, प्रदेश र स्थानीय तहले कार्यान्वयन गर्दै आएका योजनासँग सम्वन्धित रहेर अख्तियारमा उजुरी दर्ता गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा सबैभन्दा बढी साउन महिनामा आर्थिक अनियमितता सम्वन्धि उजुरी दर्ता गरिएको छ। साउन महिनामा मात्र एक सय १४ उजुरी कार्यालयमा दर्ता भएको पाइएको छ।


कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार