धनगढी नगर प्रहरीले गर्‍यो १३ सय सर्पको उद्दार

धनगढी : सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा कार्यरत नगर प्रहरी बलको भुमिका प्रभावकारी बन्दै गएको छ।

‘हर घडी नगर प्रहरी’ अभियानसहित धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीले खोज उद्धारदेखि शव चिस्यान सेवासम्मको काम गर्दै आएको छ। नगर प्रहरीले अहिलेसम्म धनगढी र छिमेकी पालिका गोदावरीबाट समेत गरेर एक हजार तीन सय ९४ सर्पको उद्दार गरेको छ। स्थानीयको घरभित्र पसेको सर्पलाई नगर प्रहरी बलले तत्काल उद्दार गर्ने काम गर्दै आएको छ।

dashain shuvakamana
Discovery School

दैबी प्रकोपदेखि नगरक्षेत्रमा अलपत्र परेका तथा बिरामी हुँदा उपचार गर्न अस्पताल लिनेरल्याउने कोही नभए रातअर्दरात जतिबेला पनि धनगढी नगर प्रहरी नागरिकको सेवामा खटिने गरेको छ। यी सबै सेवा धनगढी नगर प्रहरी बलले निःशुल्क रुपमा गर्दै आएको छ। यसका लागि धनगढी नगर प्रहरी बलको टोल फ्री नम्बर र सःशुल्क फोन गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

आफूलाई परेको समस्या धनगढी नगर प्रहरी बललाई जानकारी गराउना साथ नगर प्रहरी परिचालित भएर आवश्यकताअनुसार नागरिकलाई सेवा दिने गरेको उपमहानगरपाकिाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार