बेलौरीमा जारी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल आइतवार हुने

धनगढी : बेलौरीको शिवनगरमा भईरहेको जारी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल आइतवार हुने भएको छ ।
जारी कञ्चनपुर टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा कैलालीका दुई टिम भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा विजय हुँदै सुदूरपश्चिम होस्टेल धनगढी र मालिकार्जुन हार्डवेयर अत्तरिया फाइनल प्रवेश गरेका छन् ।
शुक्रबार बिहान भएको पहिलो सेमिफाइनल सुदूरपश्चिम होस्टेल धनगढीले सुप्रीया सुपरफास्ट भुडालाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले १९।१ ओभरमा १० विकेट गुमाउँदै १३६ रन बनाएको थियो । १३७ रनको लक्ष्य पाएको भुडाले १७।१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १०८ रन बनाउन सक्यो ।

dashain shuvakamana
Discovery School

उक्त खेलमा सुदूरपश्चिम होस्टेल धनगढीका सचिन भट्ट म्यान अफ द म्याच भएका थिए । भट्टले ब्याटिङ गर्दै १७ र बलिङ गर्दै ४ ओभरमा २१ दिँदै ३ विकेट लिएका थिए ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा मालिकार्जुन हार्डवेयर प्रालि अत्तरियाले खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगरलाई ९७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । १८३ रनको लक्ष्य पाएको महेन्द्रनगरले १२।४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सफल भयो । उक्त खेलमा मालिकार्जुन अत्तरियाका अशोक धामी म्यान अफ द म्याच भएका थिए । उनले ब्याटिङ गर्दै ४५ रन र बलिङमा ३ विकेट हात पारेका थिए । प्रतियोगिताको फाइनल आइतबार दिउँसो १२ बजेदेखि हुने छ। असोज २४ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार