काठमाडौं : हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रही र बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू९भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
प्रतिक्रिया दिनुहोस्