रवि लामिछाने पक्राउ

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेका छन् ।

लामिछानेलाई शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काठमाडौँको बनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो ।

dashain shuvakamana
Discovery School

पक्राउ परेसँगै लामिछानेलाई विमानमार्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको छ । लामिछानेलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो ।

रविमाथि गोरखा मिडिया नेटवर्क प्रालीमा हुँदा सहकारीको रकम अपचलन गरेको आरोप छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार