रवि पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने रास्वपाको तयारी

काठमाडौं : पार्टी सभापति रवि लामिछाने पक्राउ परे पोखरामा कार्यकर्ता उतार्ने तयारी रास्वपाले गरेको छ । रास्वपा उच्च स्रोतले दिएको जानकारी अनुसार सभापति लामिछानेलाई पक्राउ गरेर पोखरा पुर्‍याए कास्की जिल्ला समितिले उतै प्रतिवाद गर्ने तयारी गरेको छ ।

यसका लागि केन्द्रीय कार्यालयबाट अनौपचारिक रूपमा पनि कुनै सर्कुलर जारी भने नगरिएको स्रोतको दाबी छ ।

dashain shuvakamana
Discovery School

‘हामीले कुनै सर्कुलर जारी गरेका छैनौँ‚’ ती नेताले भने‚ ‘कार्यकर्ता जम्मा हुन्छन् भनेर जिल्लाबाट फोन आइरहेको छ । पार्टी सभापति पक्राउ पर्दा स्वतः स्फुर्त कार्यकर्ता जम्मा हुन्छन् नै।’

स्रोतका ‘कानुन सबैले मान्नुपर्छ । पक्राउ गरिहाले त्यसपश्चात् कसरी अघि बढ्ने निर्णय होला‚’ उनले थपे‚ ‘अहिले कुनै हतारो छैन । अहिले केन्द्रीय कार्यालय वनस्थलीमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसहित सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी‚ सुमना श्रेष्ठ लगायत केन्द्रीय नेताहरू उपस्थित रहेका छन् ।

यता रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको जनाएको छ ।

अघिल्लो पटक रविलाई पक्राउ गर्ने हल्ला चल्दा पार्टीले राजधानी काठमाडौँमा उपलब्ध नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा प्रतिवादन गर्न भन्दै बोलाएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार