काठमाडौँ : महिला स्वास्थ्य स्वयंसेविकाले अबदेखि काममा आवतजावत गर्न निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने भएका छन् ।
शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमबीच मन्त्रालय र यातायात व्यवसायी राष्ट्रिय महासंघसँगबीच सम्झौता भएको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको सक्रियतामा यातायात व्यवसायीहरुले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने सम्झौता गरेका हुन । यो सुविधा कार्तिक १५ गतेबाट शुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्