श्रीलङ्काले माल्दिभ्सलाई १-० गोलअन्तरले पराजित

काठमाडौँ : साफ महिला च्याम्पियनसिप-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

dashain shuvakamana
Discovery School

श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो ।

जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ ।

यसैबीच, समुह बी मा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ । समुह ए मा रहेका भारत र पाकिस्तानबीच हिजो खेल भएको थियो । जुन खेलमा भारतले पाकिस्तानलाई ५-२ को गोल अन्तरले हराएको थियो ।।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार