बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिता हुने

धनगढी : बैतडीमा जिल्लास्तरीय खुल्ला पुरुष भेट्रान भलिबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दका अनुसार समितिको वार्षिक कार्यक्रम अनुसार दशरथचन्द नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता यही कार्तिक १० देखि १२ गतेसम्म निङ्गलाशैनी खेलमैदान देहीमाण्डौंमा सञ्चालन हुनेछ । कार्तिक ९ गतेसम्म टीम दर्ता गराइसक्नुपर्नेछ भने दर्ता शुल्क २ हजार ५ सय रुपैयाँ राखिएको छ ।

dashain shuvakamana
Discovery School

प्रतियोगितामा प्रथम हुने टीमलाई नगद २५ हजार र द्वितीय टीमलाई नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय हुने टीमलाई नगद १० हजार र सान्त्वना स्थान प्राप्त गर्ने टीमलाई नगद ५ हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार