त्रिभुवनबस्तीका इञ्चार्ज शाहीसहित अन्य प्रहरीमाथि आक्रमण गर्ने समूह अझै फरार

धनगढीः कञ्चनपुरको इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज महेश विक्रम शाहीको कन्चटमा हिर्काउने समूह २२ दिनसम्म पक्राउ परेको छैन। जिल्लाको पुनर्वास नगरपालिका–७ बुद्धचोकमा गत असोज १० गते राति ९ बजे खड्खडे (एक प्रकारको जुवा-खेलाउने र खेल्ने समूहलाई नियन्त्रण खोज्दा प्रहरी माथि आक्रमण भएको थियो।

स्थानीय युवाहरूको समूहले इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीका इञ्चार्ज शाहीसहित नौ जना प्रहरीमाथि आक्रमण भएको २२ दिनसम्म पनि उनीहरू पक्राउ परेका छैनन।

dashain shuvakamana
Discovery School

शाहीको कन्चटमा रगत आउने गरेर हिर्काइएको थियो भने, अन्य प्रहरीहरू सामान्य घाइते भएका थिए। खड्खडे समूहले प्रहरीको भ्यानमासमेत तोडफोड गरेका थिए।

जिल्लाको टोली इलाका प्रहरीमा आएपछि स्थानीयले प्रहरीमाथि भएको आक्रमणको घटनामा सङ्लग्नहरू पक्राउ पर्ने दाबी गरेका थिए। तर, घटनाको २२ दिन हुदा पनि उनीहरुलाई पक्राउ गरिएको छैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार