कैलालीको बनकट्टीघाटबाट राँगा सहित १४ लाखको अबैध सामान बरामद

धनगढी : कैलालीबाट ४ वटा राँगागाडा सहित १४ लाखको सामान बरामद गरिएको छ ।
धनगढी उप–महानगरपालिका – १० बनकट्टीघाटबाट बिहिवार राति सशस्त्र प्रहरीले १४ लाख बरावरको राँगा सहितको गाडामा लोड गरिएको सामानहरू बरामद गरेको प्रहरी नं ३४ गण कैलालीका प्रमुख दलबहादुर पाण्डेले जानकारी छन् ।

पाण्डेका अनुसार सीमा इलाकामा नेपालबाट अबैध रुपमा भन्सार छली भारततर्फ लैजाँदै गरेको बेवारिसे अवस्थामा रहेको ४ वटा गाडामा पुरानो कवाडी टायर ट्यूवसहित बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बिओपी जुगेडाबाट सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिएको टोलीले बरामद गरेको जनाएको छ ।

dashain shuvakamana
Discovery School

बरामद गरिएका समान सहित ८ओटा राँगालाई आवश्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार