नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. यासमिन नियुक्त

काठमाडौँ : नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त भएकी छिन्। 

कलेज सञ्चालक समितिको बैठकले यसअघि डाइरेक्टर रहेकी उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। बुधबार एक कार्यक्रमका बिच कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा यासमिनलाई पदभार ग्रहण गराए।  

dashain shuvakamana
Discovery School

पदभारपछि बोल्दै नवनियुक्त डा. यासमिनले आफुलाई सफल बनाउन सबैको साथ सहयोग चाहिएको भन्दै विगतमा कलेज प्रशासन, चिकित्सक, कर्मचारीले राम्रो साथ दिएको र आगामी दिनमा पनि साथ सहयोग पाउने अपेक्षा गरेको बताइन्। 

कार्यक्रममा कलेजका डाइरेक्टर प्राडा मोदनाथ मरहठ्ठा, डा राजेश किशोर श्रेष्ठ लगायतको उपस्थिती थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार