धनगढीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते

धनगढी : कैलालीमा ‘ग्याङ फाइट हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित दुर्गा मन्दिरमा लागेको मेलामा दुई समूहबिच झडप हुँदा बिहीबार राति पाँच जना घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले झडपका क्रममा दुबै समूहका गरेर पाँच जना घाइते भएको बताए।

SHIKHAR COOL TECH

उनका अनुसार गौरीगंगाकै २५ वर्षीय विक्रम बम, २३ वर्षीय सुरेश बम, २३ वर्षीय कृष्ण बोहरा, २० वर्षीय दिनेश बसाल र २२ वर्षीय प्रशान्त कलेल घाइते भएका हुन्। प्रवक्ता बोहराले ग्याङ फाइट गर्ने एउटा समूहको नेतृत्व गर्ने गौरीगंगा–५ का २१ वर्षीय दिनेश थापालाई पक्राउ गरिएको बताए।

थापाको समूहमा खेम बम, लक्ष्मण बिष्ट र सुनिल खड्का रहेका र विक्रम बम लगायतको अर्को समूह रहेको प्रहरीले बताएको छ। निसर्ग अस्पतालमा उपचारारत घाइतेहरुलाइ डिस्चार्ज गरिएको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार