न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत ४६ रनमै अलआउट

एजेन्सी : न्युजिल्यान्डविरुद्धको पहिलो टेस्टको दोस्रो दिन भारतको ब्याटिङ प्रदर्शन निकै निराशाजनक रह्यो। खराब मौसमले प्रभावित खेलमा भारत ४६ रनमै अलआउट भयो। जसले घरेलु मैदानमा टेस्ट क्रिकेटको सबैभन्दा कम स्कोरको नयाँ कीर्तिमान बनायो।

बुधबार पहिलो दिन वर्षाका कारण खेल हुन नसकेपछि बिहीबार पनि मौसमको प्रभाव देखियो। भारतले टस जितेर ब्याटिङ रोजेको थियो। तर ३१.२ ओभरमै समेटियो।

dashain shuvakamana
Discovery School

भारतका लागि ऋषभ पन्तले सबैभन्दा बढी २० रन बनाउँदा ओपनर यशस्वी जयसवालले १३ रन मात्र जोडे। अन्य कुनै पनि भारतीय ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। पाँचजना ब्याटर शून्य रनमै आउट भए, जसमा विराट कोहली पनि समावेश थिए।

भारतले यसअघि घरेलु मैदानमा बनाएको न्यूनतम स्कोर १९८७ मा दिल्लीमा वेस्ट इन्डिजविरुद्ध ७५ रन थियो। भारतको टेस्ट इतिहासको सबैभन्दा कम स्कोर २०२० मा एडिलेडमा अष्ट्रेलियाविरुद्ध ३६ रन रहिसकेको छ। बेंगलुरुमा बनेको ४६ रन भारतको तेस्रो कम स्कोर हो।

न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेनरी र विलियम ओरौउरेकको उत्कृष्ट बलिङले भारतलाई सस्तोमा अलआउट गरायो। हेनरीले १३.२ ओभरमा १५ रन दिएर ५ विकेट लिए र यसक्रममा आफ्नो १००औं टेस्ट विकेट पनि पूरा गरे। विलियम ओरौउरेकले १२ ओभरमा २२ रन खर्चेर ४ विकेट हात पारे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार