प्रिसेसनमा एकल अंकले बढ्यो नेप्से, कारोबार पनि उत्साहपूर्ण

काठमाडौं : साताको अन्तिम कारोबार दिन (बिहीबार)को प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) एकल अंकले बढेको छ । बिहीबार ४.८० अंकले बढ्दै नेप्से २७४७.६९ को बिन्दुमा उक्लिएको छ ।

सूचकसँगै प्रिसेसनमा कारोबार रकम उत्साहपूर्णरुपमा बढेको छ । ४६ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ६० लाख ७८ हजार रुपैयाँको भयो ।

dashain shuvakamana
Discovery School

कारोबार रकमका आधारमा निफ्रा, गुडविल फाइनान्स, सवोत्तम सिमेन्ट, नेपाल फाइनान्सलगायत शीर्ष स्थानमा रहे ।कारोबारमा आएका ३७ कम्पनीमध्ये २२ को मूल्य बढ्यो भने १३ को मूल्य घट्यो । २ कम्पनीको भने स्थिर रह्यो ।

यसअघि साताको दोस्रो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक उच्च अंकले बढेको थियो । ४३.२२ अंकले बढ्दै नेप्से २७४२.८८ को बिन्दुमा उक्लिएको थियो ।

बुधबार सूचकसँगै कारोबार रकम पनि बढेको थियो । सरदर केही कारोबार दिनयता ३ अर्बमा सीमित कारोबार साढे पाँच अर्बमाथिको भएको थियो ।

बुधबारको कारोबारले नेप्सेमा उत्साहपूर्ण यात्राको सूरुवात भइरहेको संकेत गरेको थियाे । जसको निरन्तरता आजको कारोबार पनि हुने अपेक्षा बजारका जानकारहरुको छ । जसको संकेत प्रिओपन सेसनले पनि देखाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार