बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनमा भेटिए पछि..

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की अन्दाजी १७ वर्षीया बेपत्ता किशोरीका तस्बिर आरोपित हवल्दारको मोबाइल फोनमा भेटिए पछि किशोरी बेपत्ता पारेको ४ दिनपछि हिजो बेपत्ता किशोरीका आफन्तबाट किशोरी बेपत्ता पारेको आरोप लगाएका बरिष्ट प्रहरी हवल्दार कृष्णराराज जोशीको नाममा किटानी जाहेरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीलाई हिजो दिउँसो २ बजे बेपत्ता किशोरीका आफन्तले हवल्दार जोशीको नाममा किटानी जाहेरी दिएका हुन । किशोरीलाई हवल्दार जोशीले नै बेपत्ता बनाएको भन्दै बेपत्ता किशोरीका बुबाले हिजो दिउँसो किटानी जाहेरी दिएका हुन ।

dashain shuvakamana
Discovery School

बेपत्ता किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा बेपत्ता किशोरीका आफन्तले आरोप लगाएका बैतडीको पञ्चेश्वर गाउँपालिका –२ स्थित महाकाली प्रहरी चौकीमा कार्यरत बरिष्ट हवल्दार कृष्णराराज जोशी रहेका र सोही किटानी जाहेरीको आधारमा कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार