काठमाडौं : सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । बिहीबार सुनको भाउ प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा यो ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९५० रुपैयाँमा चाँदीको कारोबार भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
प्रतिक्रिया दिनुहोस्