बाजुराको कोल्टी आधारभूत अस्पतालमा भौतिक पूर्वाधारको अभाव, उपचार सेवामा समस्या

बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिकामा १ कोल्टीमा रहेको कोल्टी आधारभूत अस्पताल भौतिक पूर्वाधारको अभावमा छ । पुर्वाधारको अभाव भएपछि उपचार सेवा पनि समस्या देखिएको छ ।

यहाँका स्थानीयको माग अनुसार २०८० सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा ल्याएपछि अस्पताल भौतिक पूर्वाधारको अभावमा रहेको हो । अस्पताललाई चाहिने आवश्यक भौतिक पूर्वाधार नहुँदा यहाँ आउने बिरामीलाई सेवा प्रवाहमा निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

dashain shuvakamana
Discovery School

यहाँ आउने गरेका सघन उपचारका बिरामीलाई व्यवस्थित कक्ष नहुँदा उपचार गर्न निकै समस्या भएको कोल्टी आधारभूत अस्पतालका चिकित्सक सन्जित शाहले बताए । दुर्गम ठाउँका स्थानीयलाई सेवा दिने गरी यहाँ आधारभूत अस्पताल सञ्चालन भए पनि सोही अनुसारको भौतिक पूर्वाधार व्यवस्थापन नहुँदा बिरामीहरुलाई सेवा दिन समस्या हुने गरेको चिकित्सक शाहले जानकारी दिएका छन् ।

अस्पतालमा स्वास्थ्य सामग्रीको व्यवस्थापन नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्रै रिफर गर्नुपरेको चिकित्सक शाहले बताए । पहिला स्वास्थ्य चौकीको रुपमा रहेको यो अस्पताल २०६३ सालमा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र हुँदै गत वर्षदेखि कोल्टी आधारभूत अस्पतालको रुपमा सञ्चालनमा आएको हो ।

दुर्गमका स्थानीयलाई गाउँमै सेवा दिने गरी स्थापना गरिएको यो अस्पतालमा भौतिक पूर्वाधार र दक्ष जनशक्तिको अभाव छ । बाजुराको पूर्वी क्षेत्रमा रहेका हिमाली, जगनाथ, स्वामिकात्तिक, बुढीनन्दा, मुगु, जुम्ला र हुम्लाबाट बिरामी कोल्टी आधारभूत अस्पतालमा आउने गर्दछन् ।

२०८० सालमा कोल्टी आधारभूत अस्पताल सञ्चालन गरेपनि भौतिक पूर्वाधार व्यवस्थापन गर्न नसक्दा बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजङ्ग शाहीले बताए । कोल्टी अस्पतालमा बुढीनन्दा नगरपालिकाका बिरामीहरुलाई मात्र उपचार गर्न सहज भए पनि अन्य पालिका र मुगु, हुम्लाबाट पनि बिरामी धेरै आउने गरेकाले उनीहरुलाई व्यवस्थापन गर्न समस्या अस्पताल प्रशासनको भनाई छ ।

कोल्टी आधारभूत अस्पताल तीन जिल्लाका स्थानीयहरुको आशा र भरोसाको केन्द्र भएकाले यसलाई चाँडै अस्पतालको रुपमा विस्तार गरी चाहिने आश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थाका लागि प्रदेश सरकारको सहयोग आवश्यक रहेको चिकित्सक शाहीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार