वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी दिँदै : प्रधानमन्त्री ओली

काठमाडाैं : भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्माले शुक्रबार बिहान १० बजेसम्ममा वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएका छन् । यो जानकारी प्रधानमन्त्री ओली आफैंले फेसबुकमार्फत् दिएका हुन् ।

यही असोज ११ र १२ गतेको वर्षा र बाढीले बीपी राजमार्गका ठाउँ ठाउँमा क्षति पुर्‍याएको थियोे । त्यतिबेलैदेखि सवारी आवागमन ठप्प भएको छ । राजमार्ग मर्मत र डाइभर्सन गर्ने काम जारी छ ।

Seti Hospital

यो काममा पूर्वाधार मन्त्रालयका सचिव शर्मा सहित प्राविधिकहरु फिल्डमा खटिएका छन् ।प्रधानमन्त्री ओलीसँग आज बिहान भएको कुराकानीमा सचिव शर्माले शुक्रबार बिहान १० बजेपछि वीपी राजमार्ग सञ्चालनमा आउने जानकारी गराएका हुन् । 

आज दिनभर र रातभर काम गर्दा बाँकी तीन ठाउँको अवरोध पनि हट्ने र राजमार्ग खुलेपछि मात्रै आफूले दशैं मनाउने जानकारी सचिव शर्माले गराएको ओलीले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘बीपी राजमार्गमा पहिरोको अवरोध खुलाउन आफ्नो टोलीसँगै फिल्डमा रहनुभएका भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग केहीबेर अघि टेलिफोनमा कुरा भयो । उहाँ सडक मर्मत गर्ने प्राविधिक टोली सहित रोशी गाउँपालिका – ९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ।

उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बीपी राजमार्ग सञ्चालनमा आउने छ। आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ । भोलि राजमार्ग खुलेपछि मात्र दशैं मान्ने बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार