त्रिवेणीको नाटेश्वरी मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल आज बाजुुरा आउदै !

बाजुरा : राष्ट्रपति रामचन्द्र पौडेल आज (बिहिबार) बाजुुरा आउने भएका छन् । त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरी मन्दिरमा निर्माण गरिएको मन्दिरको उद्घाटन गर्न राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् ।

यसअघि असोज २१ गते आउने भनिएको कार्यक्रम तयारी अपुगका कारण स्थगीत गरिएको थियो । बाजुरा आउने अवसर पारी सुदूरकै भूस्वर्गका रुपमा परिचित धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको अवलोकन तथा दर्शन गर्ने कार्यक्रम पनि तय गरिएको जनाइएको छ ।

dashain shuvakamana
Discovery School

त्रिवेणी नगरपालिकाको निमन्त्रणामा राष्ट्रपति पौडेल बाजुरा आउन लागेका हुन् । बडीमालिकाको दर्शनसंगै पर्यटकीयका लागि निर्माण गरिएको नाटेश्वरी मन्दिरको समुद्घाटनका लागि बाजुरा आउने कार्यक्रम तय राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार