बिपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द रहने

काठमाडाैँ : धुलिखेलदेखि सिन्धुलीसम्मको बिपी राजमार्ग दिउँसाे मात्र खुल्ने भएकाे छ।

काभ्रेकाे भकुण्डेवेसी चौकिडाँडा देखि बर्षेखोला सम्मको सडकमा निर्रमाण भएकाे ट्रयाकलाई थप सुधारका गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक बन्द रहने सडक डिभिजन भक्तपुरले जनाएकाे छ।

Seti Hospital

डिभिजनले बुधबार एक सूचना जारी गर्दै उक्त सडकखण्डमा सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले हाललाई बन्द गरिएकाे जनाएकाे हाे।

गत असोज १०, ११ र १२ गते परेको अविरल वर्षा र बाढी पहिरोका कारण बिपी राजमार्गको भकुण्डेबेसी बर्षेखोला खण्ड (काभ्रे) को करिब ८ कि.मी. भन्दा बढी लम्बाईको सडक पूर्ण रूपमा बगाएको थियाे।

हाल भने ट्रयाक निर्माण गरी यात्रुवाहक सवारी साधनको लागि मात्र आवागमन खुलाइएको छ।

हेर्नुहाेस् सुचना

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार