वर्षाका कारण भारत र न्युजिल्यान्डबीचको पहिलो क्रिकेट टेस्ट प्रभावित

काठमाडौं : भारत र न्युजिल्यान्डबीचको पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ । 

बेङलुरुको एम. चिन्नास्वामी स्टेडियममा खेलिने भनिएको खेल वर्षाका कारण टससमेत नभएर रद्द गरिएको छ । अब खेल भोलि (बिहीबार)बिहान भारतीय समाचार अनुसार ८ः४५ बजे टस हुने छ । खेलको सुरुवात ९ः१५ बजे हुने बताइएको छ । 

dashain shuvakamana
Discovery School

भारत र न्युजिल्यान्डबीच तीन म्याचको टेस्ट सिरिज खेलिने भएको छ । दोस्रो म्याच पुणेको महाराष्ट्र क्रिकेट एसोशिएसन स्टेडियममा खेलाइने छ । दुई देशबीचको तेस्रो म्याच मुम्बईको वानखेडे स्टेडियममा खेलाइने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार