६९ औं प्रहरी दिवसको अवसरमा निरिक्षक धामी र वडा अध्यक्ष मलासीलाई कदरपत्र सहित सम्मान

धनगढी : ६९ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरीले प्रहरी निरिक्षक दिपक धामी र वडा अध्यक्ष नरेश मलासीलाई कदरपत्र सहित सम्मान गरेको छ । 

दिवशका अवशरमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा आयोृजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक धामी र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष नरेश मलासीलाई कदर पत्र सहित सम्मान गरेको हो । 

dashain shuvakamana
Discovery School

प्रहरी सगंठनको सेवा प्रवाहलाई सरल, सहज र प्रभावकारी बनाउने हेतु, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागी महत्वपुर्ण सुचना उपलब्ध गराए वाफत वडा अध्यक्ष मलासीलाई कदरपत्र सहित सम्मान गरिएको हो ।

यस्तै नेपाल प्रहरीले प्रदान गर्ने सेवालाई पुर्ण प्रतिनिधित्व गर्ने गरी आधीँ हुरी घाम होस चाहे परोस झरी, अपराध नियन्त्रणमा प्रतिबद्ध नेपाल प्रहरी भन्ने नारा स्वरुप उत्कृष्ठ रहन सफल प्रहरी निरिक्षक धामीलाई पनि कदरपत्र सहित सम्मान गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार