कैलालीको जगतपुरमा पासोमा परेको अवस्था चितुवा फेला

धनगढी : कैलाली जिल्लाको जानकी गाउँपालिका जगतपुरमा रहेको कैलाशेश्वर सामुदायिक वन उपभोक्ता समूहमा  पासोमा परेको अवस्था चितुवा फेला परेको  छ ।

जङ्गली जनावरहरूको लागि राखिएको पासोमा परेर वयस्क चितुवा घाइते भएको छ। चितुवाको घाटीमा पासो परेको  सामुदायिक वनका अध्यक्ष खडक बहादुर शाहले जानकारी दिए । पासोमा परेको चितुवा ठुलो स्वरले आवाज निकालेर कराए पछि वनहेरालुले देखेको अध्यक्ष  शाहले बताए ।

dashain shuvakamana
Discovery School

घाइते भएको चितुवा  उद्धारको लागि बर्दिया राष्ट्रिय निकुञ्जलाई  विशेषज्ञ तथा प्राविधिक टोली खबर गरेको टिकापुर सब डिभिजन वन कार्यालयका प्रमुख विश्वराज पण्डितले जानकारी दिए । प्राविधिक टोली घटना स्थलमा पुग्दै गरेको छ भने  पासो मोटरसाइकलको ब्रेकको तार बनाएकाले चितुवा जति छटपटाउछ तेति नै पासो कसिदै जाने गर्दछ । पासो कसले र के का लागि राखिएको भन्ने घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गरिने  प्रमुख  पण्डितले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार