विद्यालयमा तीन दशकदेखि पढाई हुँदै आएको लेखा विषय हटाउने निर्णय, अभिभावकहरू विरोधमा

सुनसरी : इनरुवा नगरपालिका-९ को सरस्वती माध्यमिक विद्यालयमा तीन दशकदेखि पढाई हुँदै आएको लेखा विषय हटाउने निर्णय भएपछि अभिभावकहरू त्यसको विरोधमा उत्रेका छन् । 

सुनसरीको पुराना माध्यमिक विद्यालयहरू मध्येका एक साबिक बबिया गाविस हाल परिवर्तित इनरुवा नगरपालिका-९ मा रहेको सरस्वती मावि बबियामा वडा अध्यक्ष बसिरमुद्धिन मंसुरी र प्रधानाध्यापक तेजनारायण यादवले षडयन्त्र पूर्वक लेखा विषय हटाउने निर्णय गरेको स्थानीयहरूले दाबी गर्दै विरोधमा उत्रेका हुन् ।

dashain shuvakamana
Discovery School

स्थानीय राम यादवले सरस्वती माविमा विद्यालय व्यवस्थापन समिति माथि जालझेल सहितको मुद्दा लगाई अस्थायी समितिको जिम्मेवारी वडालाई दिएको मौकामा शिक्षाको मर्म नबुझेकाले तिसौँ वर्षदेखि माध्यमिक तहको कक्षा ९ र १० मा पढाई हुँदै आएको ऐतिहासिक विषय तथा अहिलेका लागि अति आवश्यक विषय कार्यालय सञ्चालन तथा  लेखा विषय हटाउने निर्णय गरेर वडावासी तथा विद्यार्थी माथि ठुलो खेलबाड गरेको गुनासो गर्नुभयो। 

यादवले सरस्वती माविमा कक्षा १० सम्म पढाई हुँदा मात्रै ११ जना शिक्षक कर्मचारीले पढाउन भ्याउने अवस्था रहेकोमा हाल २० जना शिक्षक कर्मचारी हुँदा समेत लेखा विषय हटाएकोमा आपत्ति जनाउनुभयो । 

दश जना शिक्षा भएको बेलामा सबै विषय राम्रो पढाई हुने तर अहिले आएर करिब २० जना शिक्षक कर्मचारी हुँदा कक्षा १२ सम्मको पढाइमा ढिलासुस्ती हुनु दुःखको पक्ष रहेको अर्का स्थानीय देवराम यादवले बताउनुभयो । 

सरस्वती माविमा २०५५ सालमा एसएलसी दिनुभएका हालका काठमाडौँमा प्राध्यापक रहनुभएका विश्वेश्वर यादवले आफूहरूलाई २५ वर्ष अगाडि लेखा विषय पढाउने शिक्षक देवनारायण यादव अहिले पनि रहेको भए पनि सोही विषय हटाउनुमा ठुलो षडयन्त्र रहेको बताउनुहुन्छ । 

विद्यालयको जग्गाको आम्दानी र वडा सरकारले अपुग भएको रकम थपेर लेखा सहित थप अन्य विषयहरू राख्नुपर्नेमा त्यसको विपरीत भएको लेखा विषय हटाउने निर्णय कठपुतलीको खेल जस्तो भएको यादवले गुनासो गर्नुभयो । 

इनरुवा ९ बबियाका बलदेव यादवले लेखा विषय हटाएको कारणले सयौँ विद्यार्थीहरू मारमा परेको र माथिल्लो तहमा पढ्न जाने विद्यार्थीहरूको बेस कमजोर हुने भएकाले सो अहितका निर्णय फिर्ता लिई लेखा पढाउने र कक्षा १२ सम्म कमर्सको समेत पढाई गर्नुपर्ने माग गर्नुभयो ।

अर्का स्थानीय सत्य नारायण खत्वेले सरस्वती माविलाई राजनीतिक अखडा बनाएको र राजनीतिक प्रतिसोधका कारणले गरिब, दलित, विपन्न, सुकुम्वासीहरूका बालबालिकाहरूको जीवनमा ठुलो अघात पार्ने गरी लेखा विषय हटाउने निर्णय गरेको प्रति खेद प्रकटा गर्नुभयो । विद्यालयले भने जनशक्तिको अभाव भन्दै लेखा हटाएर शिक्षा विषय राखेको प्रतिक्रिया दिएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार