डडेल्धुरा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या पाँच पुग्याे !

धनगढी : डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको बस मंगलबार राति साढे १२ बजे डडेल्धुराको अमरगढीमा दुर्घटना भएको हो । घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।

dashain shuvakamana
Discovery School

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले बैतडीको पुर्चौडी नगरपालिका- १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट भेटिएको बताए ।

कंञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका- ७, खसरेखानमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ ।

पुर्चौडी-३ का ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । अन्य घाइतेकाे उपचार भइरहेकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार