सुनको मूल्यले फेरि बनायो रेकर्ड

काठमाडौं : सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

dashain shuvakamana
Discovery School

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते चाँदी १९८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार