ट्याक्टर र मोटरसाइकल ठोक्किँदा कैलालीका एक युवकको मृत्यु, एक घाइते

कैलाली : कैलालीमा ट्याक्टर र मोटरसाइकल जुध्दा एक युवकको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–७, चर्रास्थित हुलाकी सडकमा से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक कैलारी गाउँपालिका–५ का २२ वर्षीय आशिमकुमार चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी लगिएको थियो । तर, अस्पताल पुर्‍याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

dashain shuvakamana
Discovery School

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २२ वर्षीय डेबिट चौधरी घाइते भएका छन् । डेबिटको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको छ । ट्याक्टर चालक भजनी नगरपालिका–७ का ५२ वर्षीय शिवकुमार अहिरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार