बैतडीकी बेपत्ता किशोरी संग हवल्दार जोशीको लसपस, राती चार घण्टा संगै बिहान फरार …

बैतडी: बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता भएको ३ दिन पछि हिजो प्रहरी हवल्दार कृष्णराज जोशीको बेपत्ता किशोरी संग लसपस रहेको खुलेको छ । डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीले किशोरीलाई बेपत्ता पारेको आफन्तको दावी रहेको छ । प्रहरीले नै बेपत्ता बनाएकी किशोरी चार दिन सम्म फेला पर्न नसके पछि आफन्तहरु आक्रोशीत बनेका छन ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा घरबाट पानी भर्न गएकी किशोरी अबरेसम्म नफर्किएपछि स्थानीयले खोजी गरेका थिए । खोजी गर्दै जादा आफुहरुले राती सम्म खोज्दा समेत फेला पार्न नसकेको किशोरीका आफन्तले बताएका छन । अहिले बेपत्ता किशोरीका परिवारले आरोप लगाएका प्रहरी हवल्दार भने प्रहरीको नियन्त्रणमा रहेका र प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

dashain shuvakamana
Discovery School

बेपत्ता किशोरीका आफन्तका अनुसार असोज २३ गते राती बेपत्ता किशोरी र आरोपित हवल्दार चार घण्टा सम्म सम्पर्क बिहिन भएर राती १० बजे सम्म दुबैजनाले छलफल गरेर फर्किएका बताएका छन । बेला बेला दुबैजना भेटिरहने गरेको दाबी गरेका स्थानीयले प्रहरी हवल्दार जोशीको मोबाइल फोनमा किशोरी संगका फोटा समेत रहेको दाबी गरेका छन । आफन्तका अनुसार आरोपित हवल्दार असोज २४ गते शिवनाथ गाउँपालिकाको नागार्जुन घाटबाट भारत तर्फ गएको बुझिएको छ । आरोपित हवल्दार जोशी २४ गते नागार्जुन घाट नाकाबाट गएर , असोज २४ गते राती नै भारतबाट डिम्बर गाउँमा रहेको महाकाली प्रहरी चौकी फर्केको किशोरीका आफन्त प्रेम सिँह मंङ्गोलाले बताए !

बेपत्ता किशोरीका आफन्तले दावी गरेका डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका प्रहरी हवल्दार जोशीले कार्यरत प्रहरी चौकी नजिकै किशोरीले पानी भर्न लगेको ग्यालन र ग्यालनमा प्रयोग गरिएको डोरी भेटिएको छ । बेपत्ता किशोरी भने अहिलेसम्म भेटाउन सकिएको छैन । आरोपित प्रहरी हवल्दार जोशीले भारत तर्फ भाग्ने क्रममा नजिकैको डिम्मर घाट छोडेर करिब २ किलोमिटर टाढा रहेको नागार्जुन घाटको बाटो प्रयोग गरेका थिए । नागार्जुन घाटबाट भारत जाने क्रममा त्यहासम्म जोशीको झोला सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्कीले बोकेर सहयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुली सकेको छ ।सगुनखबरबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार