बाजुरामा जिल्लाकै ठुलो धनराशि खुला क्रिकेट प्रतियोगिता असोज २८ गतेदेखि सुरु

बाजुरा : त्रिवेणी नगरपालिका वडा नं. ७ कैलासेश्वरी मावि दम्थामा असोज २८ गतेदेखि खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिता त्रिवेणी नगरपालिकाको आर्थिक सहयोग, करविर शाही मेमोरियल ट्रस्टको प्रमुख प्रायोजनमा, नेपाली कांग्रेस खेलकुद विभाग र त्रिवेणी क्रिकेट क्लबको आयोजनामा भएको हो।

कार्यक्रम त्रिवेणी क्रिकेट क्लबका अध्यक्ष अनिल रावलको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नेपाली कांग्रेस बाजुराका पार्टी सभापति रामसिंह रावल रहेका थिए। विशिष्ट अतिथिमा नगर प्रमुख कर्ण थापा, नेपाली कांग्रेस प्रदेश समिति सदस्य रणसिंह ऐडी, नगर उपप्रमुख कमला न्यौपाने, नेपाली कांग्रेस नगर सभापति सुरेन्द्र राज गिरी, वडा अध्यक्ष जुद्ध ऐडी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

SHIKHAR COOL TECH

प्रतियोगितामा जम्मा १३ टोलीहरूको सहभागिता रहेको छ। उद्घाटन खेलमा आयोजक टोलीले एनसीसी कालापानी क्लबलाई ९९ रनको लक्ष्य दिएर ७ ओभरमा एक विकेट गुमाउँदै जित हासिल गरेको छ।

नेविसंघ केन्द्रीय सदस्य खडक ऐडीले जिल्लाकै सबैभन्दा ठूलो धनराशि रहेको क्रिकेट प्रतियोगिता भएको बताउँदै प्रथम पुरस्कार १ लाख २ हजार रुपैयाँ र द्वितीय पुरस्कार ५१ हजार रुपैयाँ रहेको जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार