दशैंको टीका र जमरा लगाउने क्रम सोमबार पनि जारी

धनगढी : आश्विन शुक्ल पक्षको द्वादशी तिथि । बडादशैंको टीका लगाउने क्रम सोमबार पनि जारी छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्त कहाँ जान्छन् । 

टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ । यो क्रम पूर्णिमासम्म रहन्छ । देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ । 

dashain shuvakamana
Discovery School

प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गरेपछि टीका लगाउने क्रम समाप्त हुन्छ।

फूलपातीका दिन बिहीबार शुरू भएको बडादशैंको बिदा सोमबारसम्म रहेको छ । मंगलबारदेखि कार्यालय खुल्ने भएका कारण सर्वसाधारण गाउँबाट शहर फर्किने क्रम शुरू हुन्छ । दशैंका लागि गाउँघर पुगेकाहरू फर्किने क्रम शुरू भएको छ । 

आजदेखि दशैंको बिदा सकिने र भोलिदेखि सरकारी कार्यालय तथा अन्य निकाय खुल्ने भएकाले पनि गाउँघर गएका धेरैजसो फर्किन थालेका हुन् । यसले गर्दा काठमाडौंसँग जोडिएका मुख्य नाकामा यात्रु र गाडीको चाप बढेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार