परालको टौवा बनाउने क्रममा लडेर डोटीमा एकजना पुरुषको मृत्यु

धनगढी : डोटीमा एकजना पुरुषको परालको टौवा बनाउने क्रममा लडेर मृत्यु भएको छ । डोटीको बडिकेदार गाउँपलिका ५ बुढाकोट ठुलागडाका अन्दाजी ४३ बर्षिया झकेन्द्र मल्लको आइतबार मृत्यु भएको हो।

आइतबार बिहान साढे ११ बजेतिर सेरा  खेतमा भएको पराललाइ रुखमा टौवा बनाउने क्रममा उनी लडेका थिए । टौवाबाट लडेर घाइते भएका झकेन्द्रलाइ स्थानीय मार्कोट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको उनका काका स्थानीय राजेन्द्र मल्लले जानकारी दिए ।

dashain shuvakamana
Discovery School

उपचारका क्रममा उनले छाती दुखेको र समस्या भएको भने पछि थप उपचारका लागि धनगढी लैजाने तयारी गर्दै गर्दा दिउँसो साढे ३ बजे उनको मृत्यु भएको काका राजेन्द्रले बताए । मृतक मल्लका १ श्रीमती १ छोरा र ५ छोरी छ्न ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार