भारतमा एकजना नेताको गोली हानेर ह:त्या

काठमाडौं : भारतमा एकजना नेताको गोली हानेर ह:त्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी) मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर ह:त्या भएको हो ।

छातीमा गोली लागेर गम्भिर घाइते भएका उनलाई लिलावती अस्पताल भर्ना गरिएको थियो । अस्पतालमै उनको मृत्यु भएको हो । उनी ४८ वर्षदेखि कांग्रेसमा थिए । यसै वर्षको फेब्रुअरी महिनामा उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।

dashain shuvakamana
Discovery School

भारतीय मिडियाहरुका अनुसार उनको ह:त्याको घटना अनुसन्धानको क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि सोधपुछ चलिरहेको छ ।

उनी छोरा जिशान सिद्धिकीको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेको थियो । मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् । अरु दुई जना भने फरार छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

सम्बन्धित समाचार