धनगढीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी : कैलालीको धनगढी उप–महानगरपालिका – १३ स्थित धनगढी एयरपोर्ट जाने मोर्ड नजिक मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

शनिबार दसैँको दिन कृष्णपुर नगरपालिका – कलुवापुरका ३५ वर्षीय गोबिन्द झुकालले चलाएको सुपप्र ०१–००८ प ०८५ नम्बरको मोटरसाइकलको ठक्करबाट नाम, थर ठेगाना नखुलेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

dashain shuvakamana
Discovery School

दुर्घटनामा गम्भिर घाइते भएका ती पुरुषको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मृत्युपछि उनको शव सेती प्रादेशीक अस्पताल धनगढीको शवगृहमा राखिएको छ ।

प्रहरीले चिन्ने व्यक्ति वा आफन्तलाई नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क राख्न आग्रह गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार