ट्याक्टरबाट खसेर धनगढीका एक वृद्धको मृत्यु

धनगढी : कैलालीको धनगढीमा ट्याक्टरबाट खसेर एक वृद्धको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ हलीचोकमा ट्याक्टरबाट खसेर सोही ठाउँका ६५ वर्षीय धरमराज दमाईँ मृत्यु भएको हो।

उनी गोदावरी मन्दिरमा पूजा गर्न जाने क्रममा सुदूरपश्चिम प्रदेश ०१–००२ त ७१३५ नम्बरको ट्याक्टरबाट शुक्रवार खसेका थिए। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। 

SHIKHAR COOL TECH

उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्याक्टर र चालक धनगढी–१२ का २१ वर्षीय शेरू दमाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार