काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने

काठमाडौं : २० वर्ष मुनिको काभा पुरुष भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

हिजो भएको लिग चरणको अन्तिम खेलमा तुर्कमेनिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

dashain shuvakamana
Discovery School

त्यसअघि नेपाललले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र कीर्गिस्तानसँग ३–२ सेटको हार ब्यहोरेको थियो ।

नेपाल दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो भने उज्वेकिस्तान शतप्रतिशत जीतसहित पहिलो स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह चरणमा सबै खेलमा उज्वेकिस्तानले जीत हासिल गरेको थियो

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित तुर्किमिनिस्तान, माल्दिभ्स, कीर्गिस्तान, उज्वेकिस्तान र नेपाल सहभागी छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार