डडेल्धुरामा प्लास्टिकको बोरामा किशोरीको शव फेला

डडेल्धुरा : डडेल्धुरामा प्लास्टिकको बोरामा एक किशोरीको शव फेला परेको छ। अमरगढी नगरपालिका – ७ पोखरा बजारमा सोही ठाउँकी १४ वर्षीया आरती भट्टराईको शव फेला परेको हो।

शुक्रबार राति ९ बजेपछि अज्ञात व्यक्तिले प्लास्टिकको बोरामा राखेर शव फ्याँकेर गएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए।स्थानीयले बलात्कारपछि ह*त्या गरेर शव फ्याँकिएको आशंका गरेका छन्। मृतक बालिकाको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

इन्सपेक्टर बमका अनुसार प्रहरीले शंकास्पद एक जनालाई पक्राउ गरेको छ। तर, उनको परिचय खुलाएको छैन्। अनुसन्धानपछि मात्रै विस्तृत खुल्ने प्रहरीको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार