काठमाडौँका व्यस्त सडक दशैँमा सुनसान

काठमाडौं : नेपालीहरूको महान पर्व दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंमा सवारिसाधन कम चलेका छन् ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्कँदा काठमाडौंमा सवारिसाधन कम चलेका हुन् ।

dashain shuvakamana
Discovery School

सधैँजसो ट्राफिक जामले भरिने काठमाडौँ उपत्यकाका सडक अहिले जनसङ्ख्या पातलिँदै जाँदा सडकमा पनि सवारी कम देखिएको छ ।सडकमा हिँड्डुल गर्ने मानिस र सवारिसाधन कम देखिँदा बजार पसलहरूमा पनि चहलपहल कम  छ ।

दशैँका लागि मात्रै एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन् । अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार