बैतडीको प्रसिद्ध उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु

बैतडी : बैतडीको पाटन नगरपालिका वडा नं–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा आजदेखि जात्रा शुरु भएका छ । उदयदेव मन्दिरमा हरेक बर्ष महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने गर्दछ ।

उदयदेव मन्दिरमा आज महाष्टमी र भोलि महानवमी मानिएको मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए । दिनगन्तीका हिसाबले नवरात्र उपासना गर्ने प्रचलन अनुसार आज महाष्टमी र भोलि महानवमी मानिएको उनले बताए ।

dashain shuvakamana
Discovery School

उदयदेव मन्दिरमा महाष्टमीको दिन राँगा बाध्ने र महानवमीको दिन राँगाको बलि दिने प्रचलन रही आएको पूजारी जोशीले बताए । यसै अनुसार भोलि महानवमीको दिन पशुबलिसहित जात्रा सम्पन्न हुने बताइएको छ ।

उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा भन्ने चलन रही आएको छ । मैतडको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार